Monday, May 1, 2017

जानिराखौ: नि:सन्तान हुनबाट बच्न चाहनुहुन्छ? विर्य स्वस्थ राख्न आजै बाट त्याग्नुहोस यी ५ बानीहरु (जनचेतनाका लागि शेयर गर्नुहोस)

Share This Post:

गर्भधारण गर्न नसक्दा अझै पनि महिलालाई दोष लगाउने मानसिकता पाइन्छ ।
तर बाझोपन हुनुमा महिला र पुरुष दुबै जिम्मेवार हुने गरेका विभिन्न तथ्यांकले
देखाएका छन् । निश्चय नै आधुनिक जीवनशैलीले पुरुषको वीर्यको मात्रा र
गुणस्तरमा ह्रास ल्याएको छ । वीर्यलाई स्वस्थ राख्न त्याग्नुपर्ने ५ बानी यी हुन् :

अगाडिको गोजीमा मोबाईल राख्ने :
धेरै पुरुषले आफ्नो सजिलो को लागि पाइन्टको अगाडिको पकेटमा मोबाईल राख्छन ।
तर यसले बीर्य निस्काशनमा असर गर्छ । मोवाईललाई जति पेल्बिसनजिक राखिन्छ
स्वस्थ वीर्य उत्पादनमा हानी गर्ने त्यति नै प्रबल सम्भावना हुन्छ । तसर्थ पछाडिको
गोजी वा झोलामा मात्र मोवाईल राख्नुहोस् ।

तनाब :
तनाबले शरीरको विभिन्न कार्यलाई प्रभाव गर्छ । तीमध्ये प्रजनन स्वास्थ्यमा पनि
निकै अशर गर्छ । बढि तनाब लिने मानिसको वीर्य असामान्य आकारको हुने
अध्ययनले देखाएका छन् । असामान्य वीर्यको गुणस्तर पनि न्यून हुने गर्छ ।

धुमपान :
विभिन्न अध्ययनहरुमा यो पनि पाइएको छ कि कुनै पुरुषले जति चाँडो धुमपान
त्याग्छ, त्यति नै छिटो स्वस्थ वीर्य उत्पादनको सम्भावना बढी हुन्छ ।

बढी तौल :
बढी तौल भएका वा मोटा मानिसको वीर्यको गुणस्तरमा ह्रास आउने गरेका विभिन्न
अध्ययनले देखाएका छन् । मोटोपनले महिला यौन हर्मन एस्ट्रोजनलाई तीब्र पार्छ ।
अत्यधिक तौलले लिंग उत्तेजनामा पनि समस्या उत्पन्न हुन्छ ।

तापमा एक्सपोज :
तापमा अत्यधिक एक्सपोज भएमा पनि वीर्यको गुणस्तरमा असर गर्छ ।