Monday, May 1, 2017

किन रसिलो हुन्छ योनी ? पुरुषको भन्दा फरक हुन्छ स्त्रीको सहवास अनुभव

Share This Post:

पूर्वीय दर्शनशास्त्रमा वात्स्यायनलाई यौन मनोविज्ञानका प्रणेता मानिन्छ । वात्स्यायनले पुरुष र महिलाको यौन अनुभव निक्कै फरक हुने आफ्नो कोक शास्त्रमा उल्लेख गरेका छन् ।
स्त्रीको शरीर पुरुषको तुलनामा बढी खुला हुन्छः
हुन त आलिङ्गन र चुम्बनजस्ता कुरामा पुरुष र स्त्रीको अनुभव उस्तै उस्तै हुन्छ तर स्त्रीको शरीर पुरुषको तुलनामा अधिक खुला हुन्छ । स्त्री शरीर ग्रहण गर्न अभ्यस्त हुन्छ । स्त्रीको शरीरमा पुरुषले मात्र होइन बाल बच्चाले समेत खेल्छन् जसमा स्त्रीहरुले बढी आनन्द लिन्छन् ।
खासमा स्त्रीको शरीरलाई गहिरो खुलापन दिने कारण यस्को आकार नै हो । स्त्रीहरु मैथुनको समयमा अनेक कल्पना गर्छन् । आनन्द अनुभव गर्नका लागि कल्पनाशिलताको भुमिका निक्कै महत्वपूर्ण मानिन्छ । पुरुषको तुलनामा महिलाको यौनिक कल्पनाशिलता अत्याधिक हुन्छ ।
योनीको गन्ध खानाले निर्धारण गर्छः
वात्स्यायनका अनुसार स्त्रीहरुको योनीको विशष्ट गन्ध हुन्छ । यस्तो गन्धले पुरुषहरुलाई यौन उत्तेजनामा ल्याउने काम गर्छ । तर त्यस्तो गन्ध कस्तो हुने भन्ने निर्धारण चाँहि स्त्रीले गर्ने भोजनले निर्धारण गर्छ ।
जुन स्त्री लसुन प्याज वा मासु नखाने र हल्का मसलादार भात दाल तर्कारी तथा फलफूल अत्याधिक खाने स्त्रीको योनी सुगन्धित हुने मुखमैथुनका पारखीहरु बताउँछन् । तर मासु खाने समुन्द्री जीवको भोजन गर्ने स्त्रीको योनीको गन्ध भने निक्कै कडा र जीवजन्तुको जस्तो हुने वात्स्यायनको भनाइ छ । यद्यपी यस्ता गन्धलाई हटाएर योनीलाई सुगन्धित पार्ने कृत्रिम विधीहरु पनि प्रशस्त छन् ।
कतिपय स्त्रीको योनी तातो हुन्छः
ठूलो शरीर हुने स्त्रीलाई वात्स्यायनले कोक शास्त्रमा हस्तिनी भनेका छन् । उनका अनुसार उनीहरुका स्तन र योनीको आकार ठूलो हुन्छ र यौनको चाहाना पनि अत्याधिक हुन्छ । यिनीहरुको योनी योनिसुधा बायुलाई शान्त गर्ने खालको हुन्छ । यिनीहरुको योनीले पुरुषलाई उत्तेजित पार्ने र मंदाग्नी बढाउने बिश्वास गरिन्छ ।
मध्यम आकारका स्तन र योनी हुने निला आँखा हुने स्त्रीलाई चित्रिणी भनिन्छ । यिनीहरुको योनी गर्मी हुने र अत्याधिक अम्लीय हुने वात्स्यायनको भनाइ छ । यद्यपी यस्ता स्त्रीले पुरषलाई निक्कै उत्तेजित पार्छन् ।
तर सबैभन्दा उत्तम स्त्री पद्मिनी मानिन्छन् । सानो शरीर भएका बक्षस्थल मध्यम भएका लाज मान्ने स्वभावका र कम यौन चाहाना हुने स्त्रीलाई वात्स्यायनले पद्मिनी भनेका छन् ।
किन रसिलो हुन्छ योनी ?
स्त्रीहरु यौन संसर्गका लागि तयार हुँदा योनी रसाउने गर्छ । खासमा योनको माथिल्लो भागमा हुने नाक आकारको अंगभित्र विभन्न शिरा हुन्छन् । तिनै शिराबाट योनरस उत्पन्न हुने गर्छ । कतिपय महिलाको योनीरस अत्याधिक उत्पादन हुन्छ भने कतिपयको मध्यम । मासिक चक्रको समय, मौसम, दिनको समय, स्त्रीको उमेर, स्वयं स्त्री या प्रेमीले उत्तेजना गर्ने क्रियाकलाप लगायतले योनी रशको मात्रा र उनीहरुको उत्तेजना निर्धारण गर्छ ।
किन गरिन्छ योनी छेदन ?
महिलाको योनि छेदन गर्ने एक निर्दयी संस्कारलाई कानूनी रुपमा प्रतिबन्ध लगाइएपनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ । भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कुप्रथा अझै पनि विद्यमान छ । बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुसस्कारलाई हटाउन विभिन्न अभियान चालेका छन, तथापी यस कुप्रथामा कुनै कमि आएको छैन् । जसका कारण अधिकांश महिला स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ ।
मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें,’ उनी स्मरण गर्छिन् ।
उनीहरुले मेरो योनी तन्काएर केही चिज काटे । मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरुले काटेको ठाँउमा केही कालो पाउडर छर्किदिए ।
‘हजुरआमाले मलाई एउटा पुरानो र जीर्ण भवनमा पु¥याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भुइँमा ओछ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो । तत्कालै मेरो पाइन्ट खोलियो,’ सो घटनाबारे उनी बेलिबिस्तार लगाउछिन्, ‘उनले मेरो हात समाईन भने अर्की महिलाले खुट्टा । त्यपछि उनीहरुले मेरो योनी तन्काएर केही चिज काटे । मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरुले काटेको ठाँउमा केही कालो पाउडर छर्किदिए । पाइन्ट लगाइदिए र हजुआमाले मलाई घर लगिन् । ’
यो घटना ठीक ४० वर्ष अगाडिको हो । सो घटना सम्झेर रानालभी झै पनि दुखित र लज्जाबोध हुन्छिन् । यसै महिना उनीलगायत अन्य पीडित महिला महिलाको गुप्तांग छेदन (फिमेल जेनिटिय मल्टिलेसन अर्थात एमएमजी) बिरुद्ध अभियानमा संलग्न भएकी छिन् ।
चिकित्सकीय कारण छैन
एफएमजी अन्र्तगत महिलाको यौन अंगलाई आशिक वा पूर्ण रुपमा छेदन गरिन्छ । काट्नुको कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्ण रुपमा पितृसतात्मक सोचमा आधारित छ । योनिच्छेद गरेपछि महिलाको यौन शक्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसस्कारले जरा गाडेको उनको भनाई छ ।
छेदनको कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्ण रुपमा पितृसतात्मक सोचमा आधारित छ । योनिच्छेद गरेपछि महिलाको यौन शक्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसस्कारले जरा गाडेको उनको भनाई छ
‘महिलाको यौन इच्छा नियन्त्रण गर्नु र उनलाई यौन कार्यमा कम आनन्ददायी बनाउनु यसको मुख्य उदेश्य हो,’ उनी भन्छिन् ।
कुनैबेला अफ्रिका र मध्येपूर्वका विभिन्न देशहरुमा एफएमजी गरिन्थ्यो । तर, भारत, पाकिस्तान, श्रीलंकामा भने यसलाई निकै गोप्य रुपमा राखियो । यो प्रथा इन्डोनेसियामा अझै पनि विद्यमान रहेको बताइन्छ ।
यमनको एउटा सिया समूह बोहरा १६ औ शताव्दीतिर भारतमा आएको थियो । उनीहरुले अहिले गुज्रात र महाराष्ट्रमा बसोबास गर्छन् । करिब १० लाख जनसंख्या भएको यो समुदाय आफैमा समुन्नत छ । तापनी उनीहरु यो कुरुती र कुप्रथाबाट माथि उठ्न सकेका छैनन् । जसका कारण यो समुदायका अधिकांश व्यक्ति शारीरिक र मानसिक रुपमा अस्वस्थ हुन थालेका छन् ।
राष्ट्रसंघको संकल्प प्रस्ताब
सन् २०१२ को डिसेम्बरमा राष्ट्रसंघको साधारण सभाले एफजीएमलाई निर्मूल गर्ने एउटा संकल्प प्रस्ताव पारित गरेको थियो । स्थानीय भाषामा यसलाई खाट्ना वा योनिच्छेद बताइन्छ ।
‘एफजीएम अझै भित्र भित्रै गोप्य रुपमा गरिन्छ,’ चेन्ज डट ओराजी की प्रिती हरमानले बीबीसीलाई भनिन् । ‘पहिलो पटक भारतका महिलाहरुले एफजीएमकाबिरुद्धमा बोलेका छन् । सन्देश स्पष्ट छ–एफजीएमलाई प्रतिबन्ध लगाउनुपर्छ । ’ उनले भनिन् ।
कला इतिहासकार हाबिबा इनसाफ तथा सो समुदायकी सदस्य भन्छिन्, ‘यो प्रथा अझै पनि कोरियामा विद्यमान छ । हाम्रो समुदायका कोही पनि मानिसले यसको बारेमा नबोलेकोले योनिच्छेदको कुप्रथा कायमै देखिन्छ,’ उनले भनिन् ।
‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न समस्या आउने गरेका छ । एफजीएम गर्दा गर्र्दै कतिपय बालिकाको मृत्यु समेत भएको छ,’ इन्साफले भनिन् ।
एफजीएमले दीर्धकालिन अशर गर्ने बताइन्छ । यसले मनोवैज्ञानिक र यौनको दृष्टिले समेत हानी गर्ने विज्ञहरु बताउछन् ।
‘क्लिनिकल्ली निपूर्ण व्यक्तिले यो कार्य नगर्ने हुँदा विभिन्न समस्या आउने गरेका छ । एफजीएम गर्दा गर्र्दै कतिपय बालिकाको मृत्यु समेत भएको छ,’ इन्साफले भनिन् । केही वर्ष अगाडि बोहराको उच्च धार्मिक नेता साइड्ना मोहमद बुरहनुद्दिनलाई एफजीएम प्रतिबन्ध गर्न आग्रह गरेका थिए । तर, सो लिखित आग्रहलाई डस्टबिनमा फालिएको उनी बताउँछिन् । ‘महिलाले हाम्रो धर्मलाई विना तर्क पालना गर्नपर्छ,’ सो समुदायका प्रवक्ता भन्छन् ।
कसरी गरिन्छ योनिछेदन ?
योनीछेदन विधि विभिन्न जातीय समूहहरुबीच फरक फरक हुन्छ । जस्तैः योनीको भंगाकुर पत्र र मुन्डलाई हटाइन्छ भने कुनै समुदायले योनी मुखको भित्रि भोगस्ठ (लेबिया) लाई हटाउछन् । मुत्र निकास हुन र मासिक धर्मको समयमा अबरोध नहोस भनेर सानो द्वार राखिएको हुन्छ । सहबास र बच्चा जन्माउँदा योनी आफै खुल्ने बताइन्छ । यस पक्रियाले योनीमा संक्रमण, दीर्घकालिन पीडा र बच्चा जन्माउदा समस्या हुने बताइन्छ । चिकित्सा विज्ञानमा अहिलेसम्म यसको कुनै फाइदा उल्लेख गरिएको छै् ।
महिलाको जी स्पटको योनी भनेको के हो ?
योनीमार्गको अघिल्लो भागमा तथा पिसाब खुल्ने प्वालको साइडमा हुने एकदेखि तीन इन्च लामो सिमी आकारको भागलाई ग्राफेनबर्ग स्पट भनिन्छ । छोटकरीमा जी स्पट । यसलाई महिलाको सर्वाधिक उत्तेजना क्षेत्र मानिन्छ । जी स्पटबारे सन् १९४० देखि नै अध्ययन गरिए पनि यसको आकार, अवस्थिति तथा परिभाषालाई लिएर निकै विवाद छ ।
सन् २००९ मा गरिएको ब्रिटिस अध्ययनको निष्कर्षअनुसार भौतिक रूपमा जी स्पट भन्ने नै हुँदैन । यो त केवल व्यक्तिगत अनुभूति हो । तर, अल्ट्रासाउन्डको प्रयोग गरी गरिएको अर्को अध्ययनमा सम्भोगका बेला चरमोत्कर्ष अनुभव गरेकी महिलामा जी स्पटको कार्यगत उपस्थिति देखाइएको छ । कतिपयले यो क्षेत्रलाई भगांकुरको फैलावट मान्ने गरेको कारण जी स्पटको उत्तेजनापछि चरमोत्कर्ष प्राप्त हुने विश्वास छ ।
सन् १९८१ मा प्रकाशित एक अध्ययनअनुसार योनीमार्गको अगाडि चलाउँदा जी स्पट क्षेत्रको आकार ५० प्रतिशतले वृद्धि हुनाका साथै चरमोत्कर्षको गहिराइ पनि निकै धेरै हुन्छ । त्यसैगरी सन् १९८३ मा गरिएको अर्को अध्ययनमा योनीमार्गको भित्तामा घडीको सुई घुम्ने तवरले चारैतिर क्रमैसँग चलाएर परीक्षण गर्दा अध्ययनमा संलग्न ११ जना महिलामध्ये चारजनामा योनीमार्गको अगाडिपट्टि विशेष संवेदनशील क्षेत्र भेट्टियो । यसैलाई जी स्पटको रूपमा परिभाषित गरियो ।
जर्मन गाइनोकोलोजिस्ट अर्नस्ट ग्राफेनबर्गका नाममा यसलाई जी स्पट नामाकरण गरियो । कतिपय अनुसन्धानकर्ताले जी स्पट र भगांकुरको उद्गम एउटै मानेका छन् । अर्थात्, योनीमार्गको चरमोत्कर्ष भगांकुरको उत्तेजनाले गर्दा नै हो र भगांकुरको कोष जी स्पट क्षेत्रसम्म पनि पैmलिएको हुन्छ ।
तर, सन् २०१० मा ‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ले जी स्पटलाई अत्यधिक यौन सन्तुष्टि दिने माध्यम माने पनि यसको उपस्थिति सत्यभन्दा धेरै टाढा भएको निष्कर्ष निकालेको थियो ।
जी स्पटको उपस्थिति र अवस्थितिबारे व्यक्तिपिच्छे फरक धारणा हुने गरे पनि उत्तेजनाका बेला सम्बन्धित महिला आपैmँले देखाएको ठाउँ र जी स्पटको उत्तेजनाले महिला स्खलन हुने गरेबाट जी स्पटको निर्धारण गरिन्छ । अल्ट्रासाउन्डको माध्यमबाट महिलामा यौन क्रियाकलापका बेला जी स्पट क्षेत्रमा आउने रासायानिक परिवर्तन अध्ययन गरिएको छ ।
कतिपयले जी स्पट चलाउँदा भगांकुर चलाउनुभन्दा बढ्ता उत्तेजनात्मक अनुभूति हुने बताए । जी स्पट योनीमार्गको सतहभन्दा करिब एक सेन्टिमिटर तल रहने हुनाले यसको उत्तेजनाका लागि कडा वस्तु ९औँला वा पुरुष लिंग० ले अलि दबाउनुपर्ने बताए ।
जी स्पट उत्तेजनाका लागि अचेल यौन खेलौना पनि उपलब्ध छन् । विशेष तरिकाले डिजाइन गरिएका भाइब्रेटरजडित यस्ता खेलौना ९जी स्पट भाइब्रेटर० कडा प्लास्टिक, रबर, सिलिकनबाट निर्मित हुन्छ । व्यक्तिपिच्छे विविधताले गर्दा जी स्पट भाइब्रेटर योनीमार्गको कति भित्र पठाउनुपर्छ त्यसमा पनि भिन्नता भने छ । यौन विशेषज्ञका अनुसार महिलाले जी स्पटको अनुभव नगर्नु समान्य हो । तर, कतिपयले भने जी स्पटको संवेदनशीलता बढाउन प्लास्टिक सर्जरी नै गराउने गरेका छन् ।