Monday, May 1, 2017

बिहानको सम्भोग सुखी दाम्पत्य र स्वास्थ्यका लागि यस कारण ठीक , भिडियो सहित​

Share This Post:

यौनलाई सुखी दाम्पत्य जीवनको महत्वपूर्ण पाटो मानिन्छ । दाम्पत्य जीवनमा विग्रह ल्याउनमा पनि
यौन नै अगाडि देखिन्छ । यौनमा तालमेल र पूर्ण सन्तुष्टि नमिलेकै कारण कतिपयका घरबार बिग्रिएका
खबर संसारभरबाट आइरहेका हुन्छन् । यौन सम्भोगलाई भोकलाग्दा खाने अन्य खानाजस्तै ठान्ने
सेक्सोलोजिस्ट डा. सुबोध पोखरेल यौनबारे भन्छन् :
सम्भोगका लागि दुवै पार्टनर शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्छ । शारीरिक र मानसिक रूपमा
थकित भएको अवस्थामा गरिएको सम्भोगले पूर्ण सन्तुष्टि दिलाउन सक्दैन । दुईमध्ये एक मात्रै थकित
भए पनि आनन्द दुवैलाई मिल्दैन । कार्यालयको काममा दिनभर अबेरसम्म व्यस्त रहने र अबेला सुत्ने
व्यक्तिलाई रातिको सम्भोग खासै उपयुक्त हुँदैन । यस्ता व्यक्तिलाई उज्यालो नहुँदैको बिहानीपख उत्तम
समय हुन्छ । उज्यालो भएपछि काममा व्यस्त हुनुपर्ने भएकाले उठ्नुभन्दा ठीक अगाडिको समय छान्नु
ठीक हुन्छ । यौन सन्तुष्टिका लागि मात्रै हौइन स्वास्थ्यका हिसाबले पनि यो सही समय हो ।
बेलुका छिट्टै सुत्ने व्यक्तिका लागि सम्भोगका लागि रातिको समय राम्रो हुन्छ । शरीरले पूर्ण आराम
पाइसकेको हुनाले यतिवेलाको सम्भोगबाट सन्तुष्टि मिल्छ भने शारीरिक पीडा पनि हुँदैन । मानसिक
रूपमा पनि यो समयमा तनावमुक्त भइसकिएको हुन्छ । त्यसो त बेलुका चाँडै सुत्ने व्यक्तिलाई
पनि बिहान उठ्नुअघिको समय नै सम्भोगका लागि अझ उत्तम हुन्छ । जोकोहीलाई बिहान उठ्नुअघिको
समयको सम्भोग नै स्वास्थ्यका हिसाबले उपयुक्त हुन्छ । बिहान उठ्नुअघिको समयमा शरीरले पनि
आराम पाएर फुर्तिलो हुन्छ भने मानसिक तनाव पनि हुँदैन ।
महिलाहरू सम्भोगको समयमा अति गोप्य र सुरक्षाको वातावरण चाहन्छन् । यस्तो माहोल भएपछि
मात्रै महिला यौनका लागि खुल्ने गर्छन् । पुरुषको महिलाप्रति मायामा कति समर्पित छ भन्ने कुराले
महिलाको यौन सन्तुष्टिमा प्रभाव पार्छ । पुरुष जति मायाले समर्पित भयो, महिलाले उति नै सन्तुष्ट
हुन्छन् । त्यसैले महिलाहरूका लागि पनि बिहान उठ्नुअघिको उज्यालो नभइसकेकै समय सम्भोगका
लागि उपयुक्त हुन्छ ।
सम्भोग कति समयमा कतिपटक गर्ने भन्ने कुनै निश्चित हुँदैन । पार्टनर एकअर्काबीच तयार भए
हरेक दिन या हप्तामा, जहिले पनि हुन सक्ने कुरा हो । तर, शारीरिक र मानसिक रूपमा दुवै तयार
हुनैपर्छ । यो भोक लागेर खाना खाएजस्तै हो । डीसीनेपालबाट।