Nepali 24-7 News

Saturday, March 28, 2020

पाँच मिनेटमै कोरोना भाइरस परीक्षण हुने मेसिन तयार

Share This Post:


१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि विभिन्न किसिमको झन्झटको सामना गरिरहेको अवस्थामा अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो ।

यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्छ ।

अहिले समग्र विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा भाइरस नियन्त्रणको लागि समेत निकै महत्वपूर्ण सावित हुने अपेक्षा छ । यो प्रविधिलाई अमेरिकाको फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले अनुमति दिइसकेको छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने बताइएको छ ।

अहिले अमेरिकामा यो यसलाई भाइरस परीक्षणको अनुमति दिइए पनि यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । यो मेसिनले बिरामीमा भाइरसको आरएनए कति छ भन्ने कुराको पहिचान गर्ने भएकाले शरीरमा भाइरसको उपस्थिति कति छ भन्ने कुरा यसले पत्ता लगाउन सक्छ ।

एबोटले अप्रिलमा यो मेसिनबाट ५० लाख मानिसमा कोरोना भाइरसको परीक्षण हुनसक्ने बताएको छ । एफडीएले यसलाई गत मार्च १८ मा अनुमति दिएको थियो ।
Read More »

कोभिड-१९ : बुझ्नैपर्ने केही कुरा

Share This Post:


बेलायतमा सार्स कोरोना भाइरस-२ बाट पीडित बिरामीहरुमा यो बिरामीका केही भिन्न लक्षणहरु देखिएको छ । ती बिरामीहरुले आफ्नो शरीरको तापमान अत्यधिक भएको महसुस गर्न थालेका थिए । कतिसम्म भने उनीहरुले आफ्नो छाती तथा ढाडमा हात राख्दा उनीहरुले अत्यधिक तातो महसुस गर्न थालेका थिए ।

कोभिड–१९ अहिले पनि विश्वकै लागि एउटा नयाँ खालको सरुवा रोग हो। त्यसैले विश्वभरका चिकित्सा विशेषज्ञहरुले यसका बारेमा नयाँ-नयाँ जानकारी संकलन गरिरहेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का ताजा रिर्पोट अनुसार यदि यो बिरामीको क्रममा कुनै पनि व्यक्तिको शरीरको तापमान एक सय दशमलव ४ (१००.४) डिग्री फरेनहाइट अथवा ३८ डिग्री सेल्सियस हुन्छ । साथै, खोकी र सास फेर्न पनि गाह्रो भइरहेको छ भने त्यस्ता व्यक्तिहरुले घरबाट बाहिर निस्कनै हुँदैन । साथै अन्य मानिसहरुबाट करिब ६ फिटको दुरीमा मात्र रहनुपर्छ ।

सबैभन्दा सामान्य लक्षण

सार्स कोरोना भाइरस–२ बाट ग्रसित व्यक्तिमा ज्वरो, थकान तथा सुख्खा खोकी लाग्नु सबैभन्दा सामान्य लक्षणहरु हुन् । यद्यपि, केही बिरामीहरुमा नाकबाट पानी बग्नु, घाँटीमा सुजन हुनु तथा दुख्नु, नाक बन्द हुनु अथवा नाकबाट सास फेर्न गाह्रो हुनु, शरीरमा सियोले घोचे जसरी पीडा हुनु तथा झाडापखालाको समस्या पनि समावेश छन् ।

८० प्रतिशत समस्यामा कमी आउँछ

कोभिड–१९ बाट प्रभावित भएका बिरामीहरुमध्ये ८० प्रतिशतलाई निको भएको तथ्या‌ंक छ । जुन एउटा सामान्य चिसो लागेको जस्तै अनुभव गराउने शैलीका हुन्छन् र निको पनि हुन्छ । तीनलाई प्रायः विशेष उपचारको आवश्यकता समेत पर्दैन । कतिपटक त बिरामीलाई उनीहरु कोभिड-१९ बाट ग्रसित छु भन्ने कुराको जानकारी समेत हुँदैन ।

यी व्यक्तिहरुलाई समस्या

हरेक ६ मध्ये एक व्यक्तिमा कोरोनाको प्रभाव निकै नै गम्भीर स्तरसम्म पुग्छ । यो स्थिति खासगरी त्यस्ता बिरामीहरुमा देख्न सकिन्छ । जो पहिलादेखि नै कुनै गम्भीर बिरामीबाट पीडित छन् । जस्तो मुटुका बिरामी, उच्चरक्तचापका, मधुमेहका बिरामी अथवा कुनै दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी समस्या जस्तै दमका रोगी ।

कोभिड–१९ का विशेष लक्षणहरु

नेशनल हेल्थ सर्भिस (एनएचएस), बेलायतमा कोभिड–१९ का केही विशेष लक्षणहरु देखा परेका छन् । त्यसमा रोगीको शरीरको तापक्रम अति नै बढेको पाइयो । यति बढ्यो कि यदि बिरामीले आफ्नो छाती अथवा ढाडमा हात राख्दा समेत पोलेको अनुभव भयो ।

निको हुने सम्भावना रोग प्रतिरोधक क्षमतामा निर्भर

कोभिड-१९ एउटा भाइरल निमोनिया भएकाले यसका बिरामीहरुलाई कुनै पनि प्रकारको एन्टिबायोटिक ट्याब्लेटले काम गर्दैन । फ्लुमा दिइने भाइरल रोक्ने औषधिले पनि यो बिरामीमा काम गर्दैन । अहिलेसम्म यो बिरामीको कुनै पनि खोप तयार भइसकेको छैन । यस्तो अवस्थामा यो रोगबाट छुटकारा पाउने कुरा बिरामीको रोग प्रतिरोधक क्षमतामा नै निर्भर गर्छ ।

नेशनल हेल्थ सर्भिसको सल्लाह

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को सल्लाह के छ भने जो सुकै व्यक्तिलाई माथि उल्लेखित लक्षणहरु देखा पर्‍यो भने ती व्यक्तिले कम्तिमा सात दिनसम्म घर भित्रै बस्नुपर्छ । त्यसक्रममा परिवारका सदस्यहरुसँग समेत ती व्यक्तिले एउटा दुरी बनाउनुपर्छ । यदि तपाईं परिवारसँग बसिरहनु भएको छ भने तपाईंले कम्तिमा १४ दिनसम्म घर भित्रै बस्नुपर्छ ।

यस्तो अवस्थामा स्वास्थ्य सहायता

यदि तपाईंको शरीरमा बिरामीको लक्षण ७ दिनपछि नै देखा पर्‍यो भने पनि तपाईंले तत्काल स्वास्थ्य सहायता लिनुपर्छ । कोभिड-१९ बाट ग्रसित बिरामीहरुमध्ये मृत्यु हुने मानिसहरुको संख्या जवान व्यक्तिहरुमा एक प्रतिशतभन्दा पनि कम हुन्छ । जबकी बृद्ध-बृद्धा अथवा अन्य बिरामीसँग जुधिरहेका व्यक्तिहरुमा यो संख्या तीन प्रतिशतभन्दा बढी छ ।

फ्लु र कोभिड-१९ बाट मुक्ति

मौसमी फ्लुमा बिरामीबाट मृत्यु हुने मानिसहरुको संख्या एक प्रतिशतभन्दा कम हुन्छ । त्यही पनि त्यस्ता मौसमी बिरामीहरुबाट हरेक वर्ष विश्वमा करिब चार लाख मानिसहरुको मृत्यु भइरहेको हुन्छ । मौसमी फ्लु तथा कोभिड-१९ मा एउटा ठूलो अन्तर के छ भने यो बिरामीको कुनै खोप बनेको छैन । त्यसैले जो व्यक्तिहरुमा यो बिरामीको संक्रमणको सम्भावना बढी हुन्छ, उनीहरुलाई बचाउन निकै गाह्रो हुन्छ ।

तापक्रम नाप्ने बेलामा ध्यान दिने कुराहरु

यदि तपाईंले खाना खानुभएको छ, कुनै पेय पदार्थ पिउनु भएको छ, नृत्य वा अभ्यास गर्नुभएको छ भने ती गतिविधिहरु गरेको कम्तिमा आधा घण्टापछि नै आफ्नो शरीरको तापमान परीक्षण गर्नुहोला । यदि तपाईं पारासिटामोल, आईब्रूफिन, एस्पिरिन जस्ता कुनै औषधि सेवन गरिरहनुभएको छ भने ती औषधि सेवन गरेको छ घण्टापछि शरीरको तापमान परीक्षण गर्नुपर्छ ।
Read More »

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

Share This Post:


१५ चैत, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ ।

शनिबार इटालीमा थप पाँच हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै समग्र संक्रमितको संख्या पनि ९२ हजार कटेको छ । उनीहरुमध्ये १२ हजार निको भएर फर्किसकेका छन् ।

अहिले ७० हजार मानिस उपचाररत छन् । कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक ३१ डिसम्बरमा चीनको वुहानमा देखिएको थियो ।

सुरुमा चीनमा मात्र देखिएको कोरोनाले पछिल्लो समय युरोपेली देशहरुमा महामारीको रुप लिएको छ । र, चीनमा नियन्त्रण उन्मुख हुँदा इटली र स्पेनमा संक्रमित र मृतकको संख्या बढ्दो छ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ६ लाख ४२ हजार कटिसकेको छ भने मृत्यु हुनेको संख्या करिब ३० हजार पुगेको छ ।
Read More »

कोरोना संक्रमित युवकको पीडा : न चिकित्सक हेर्न आए, न तातोपानी नै दिए

Share This Post:


१५ चैत, धनगढी । मंगलबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएका धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोनो संक्रमण भएको पुष्टि भयो । शुक्रबार साँझ पोजेटिभ रिपोर्ट आएपछि उनलाई अस्पतालले छुट्टै आइसोलसेन वेडमा राखेको छ ।

तर, आफूलाई चिकित्सकले जाँच पनि नगरेको र औषधि पनि नदिएको उनको आरोप छ । कतिसम्म भने उनले आफ्नो रिपोर्ट पोजेटिभ आएको समेत सहज रुपमा थाहा पाउन सकेनन् ।

धनगढीमा एक जनामा कोरोना संक्रमण देखिएको खबर सञ्चार माध्यमहरुमा आएपछि आफूले डाक्टरलाई फोन गरेर सोधेपछि मात्रै चिकित्सकहरुले आफ्नो अवस्थाबारे जानकारी दिएको उनले बताए ।

संक्रमित ती युवाका अनुसार उनलाई अस्पतालले अहिले भर्ना भएको बेला राखिएको ठाउँबाट अर्को ठाउँमा राखेको छ । उनले भने, ‘मलाई औषधि र तातो पानीसम्म कसैले सोध्न आउँदैनन् ।’

जबकी कोरोना भाइरसबाट संक्रमण भएकाहरुको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिने भनिएको छ । तर, आफूले अहिलेम्म खाना र तातोपानीसमेत घरबाट ल्याएर खाइरहेको उनले सुनाए ।

अब, परिवारका सबै सदस्य क्वारेन्टाइनमा बसेपछि कसले खाना ल्याइदिन्छ भन्ने चिन्ता बढेको उनले सुनाए । ती युवकलाई कारोना संक्रमण भएको पुष्टि भएपछि परिवारका सबै सदस्यलाई रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ र नमुना संकलन गरिँदैछ ।

‘अहिलेसम्म मलाई घरबाटै खाना ल्याइएको थियो । घरका सबैलाई रंगशाला राखिएको छ अब कसरी खाना ल्याउने ? उनको गुनासो छ ।

अस्पतालले झुलबाहेक केही नदिएको उनले बताए । चिकित्सकहरु पनि डरले नजिक नआएको हुनसक्ने भन्दै उनी भन्छन्, ‘समस्या भए कसलाई भन्ने पनि थाहा छैन ।’
Read More »

बागलुङकी युवतीमा कोरोना भाइरस संक्रमण

Share This Post:


१५ चैत, काठमाडौं । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेकी युवतीलाई पनि धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो ।

नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
Read More »

Friday, March 27, 2020

चिनमा फेरी भेटियो कोरोना भन्दा खतरा नयाँ भाईरस जसको उपचार नै सम्भव छैन

Share This Post:


कोरोना भाइरसको त्रास र डरको छाया हामी सबैको वरपर छाइरहेको छ । यस्तो अवस्था चीनमा अर्को एउटा नयाँ भाइरस देखा परेको समाचार सार्वजनिक भएको छ । उक्त नयाँ भाइरसको नाम हो हन्टा भाइरस । यो खतरनाक भाइरसका कारण चीनमा अहिलेसम्म एक जना व्यक्तिको निधन भएको छ ।

उक्त भाइरसका बारेमा विभिन्न सञ्चार माध्यमहरुमा समाचारहरु प्रकाशित हुन थाले लगत्तै सामाजिक सञ्जालमा समेत यो निकै भाइरल भएको छ । यो समाचारले मानिसहरुलाई त्रसित बनाउने एउटा प्रमुख कारण के हो भने यो भाइरस पनि चीनमा नै देखा परेको छ ।

सञ्चारमाध्यममा समाचार सार्वजनिक भएदेखि नै सामाजिक सञ्जालमा भाइरल भएको हन्टा भाइरस यतिबेला चर्चाको विषय बनेको छ । यो भाइरसको पनि कुनै पनि औषधी नभएको बताइन्छ ।

चिकित्सकहरुले पनि यो भाइरसको विषयमा अहिलेसम्म खुलेर केही पनि बताएका छैनन् । यो बिरामी अर्थात भाइरस मुसाबाट फैलिन्छ ।

कोरोनाको प्रकोप चीनबाट प्रारम्भ भएको थियो र बिस्तारै–बिस्तारै यसले सम्पूर्ण विश्वलाई नै आफ्नो चपेटामा लिएको छ । यसैगरी हन्टाको प्रकोप पनि चीनबाट नै प्रारम्भ भएको छ । यही कारणले गर्दा यो भाइरसप्रति सम्पूर्ण विश्व नै डराएको छ ।

सूत्रका अनुसार यदि यो भाइरस चीनभन्दा बाहिर निस्कियो भने यो कोरोना भाइरसभन्दा पनि खतरनाक सावित हुनेछ ।

अहिले त हरेक व्यक्तिको मुखमा एउटै कुराको चर्चा छ, चीनमा यस प्रकारका जीवजन्तु तथा किटाणुहरु खान रोक्नु पर्छ । अन्यथा सम्पूर्ण विश्व नै यसरी नै समाप्त हुँदै जानेछ । केही व्यक्तिहरुले त चीनलाई नै आइसोलेट गर्ने माग समेत राखेका छन् ।

दक्ष्ँिण एशियामा यसअघि स्वाइन फ्लू तथा बर्ड फ्लूका भाइरसले हरेक वर्ष आफ्नो प्रकोप देखाउँदै आएका थिए । यस्तो अवस्थामा केही महिनाअघि देखि कोरोना भाइरस तथा अहिले आएर हन्टा भाइरस । भरखरै देखिएको हन्टा भाइरस के हो ? यो कसरी फैलिन्छ ? छोटो चर्चा गरौं ।

के हो हन्टा भाइरस ?

हन्टा भाइरस मुसाहरुको कारणले फैलिने भाइरस परिवारकै एउटा सदस्य हो । यसले थुप्रै प्रकारका खतरनाक रोगहरुलाई जन्म दिन सक्छ । जब कुनै मुसाको पिसाव तथा दिशा अथवा ¥याल कुनै व्यक्तिको सम्पर्कमा आउँछ, त्यसपछि यो भाइरस फैलिन्छ । अर्थात कोरोना जस्तै यो पनि हावाबाट फैलिंदैन ।

हन्टा भाइरसका लक्षण

टाउको दुखाई, पेट दुखाई, सास फेर्न गाह्रो हुने, मांशपेशीमा पीडा, थकान, ज्वरो, चीसो लाग्नु, भोमिट हुनु, बेचौन हुनु, उपचार नभएर बिरामी मृत्यु हुनु ।

हन्टा भाइरसबाट बच्ने तरिका

मुसाहरुको संख्या नै कम गर्नु पर्छ । घरमा मुसाहरुको आवागमनलाई रोक्नु पर्छ अथवा बन्द गर्नु पर्छ, ताकि कुनै पनि व्यक्ति मुसाको मल, मुत्र अथवा ¥यालको सम्पर्कमा आउन नसकून । मुसाको प्वाल छ भने त्यसलाई बन्द गर्नु पर्छ ।

यो भाइरस पनि प्लास्टिक अथवा धातुमा लामो समयसम्म जीवित रहन्छ । त्यसैले त्यस्ता सामग्रीहरुको प्रयोगबाट बच्नु पर्छ र फोहोर थुपार्न तथा पानी जम्मा गर्नबाट बच्नु पर्छ ।

घरमा काठ अथवा कबाडीका सामानहरु जम्मा गर्नु हुँदैन, किनभने मुसाले त्यस्ता फोहोरी ठाउँमा प्वाल बनँएर त्यहाँ घुस्न सक्छ ।

यदि तपाईंको घरमा अथवा आसपास कुनै मुसा मरेको छ भने पञ्जा लगाएर त्यो स्थानलाई सफा गर्नु पर्छ र पछि त्यो पञ्जालाई पनि फ्याँकेर हातलाई तातो पानीले २० सेकेण्डभन्दा बढी समय लगाएर एन्टिसेप्टिक साबुनले सफा गर्नु पर्छ ।

घरको वरिपरिका नाली तथा पानी बग्ने स्रोतलाई राम्ररी छोप्नु पर्छ र डीडीटी पाउडर छर्किरहनु पर्छ ।
Read More »

धनगढीमा पनि भेटिए कोरोना संक्रमित

Share This Post:


१४ चैत, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

उनी ३४ वर्षका नेपाली पुरूष हुन् । हाल उनको अवस्था सामान्य छ ।

योसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । तीमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।
Read More »

Saturday, March 31, 2018

सरेआम मैदानमा यो कटीले लाज नै नमानी के गर्न लाको , हेर्नुहोस भिडियो

Share This Post:

Read More »

साली संग भेनाले बनाउदै थ्यो नाजायज सम्बन्ध कोठामा आइपुगी श्रीमती अनी के भयो हेर्नुहोस भिडियो

Share This Post:

Read More »

केरा बारीमा गएर अर्को केटा संग यौन सम्पर्क गर्न लागेको लुकेर भिडियो बनाई इंटरनेटमा हाल्दिये पछि

Share This Post:

Read More »