Wednesday, February 7, 2018

आज मिति २०७४ साल माघ २५ गते बिहिबारको राशिफल पढ्न र श्येर गर्न नभुल्नु होला है ...

Share This Post:


वि.सं. २०७४ साल माघ २५ गते। बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी ८ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– अष्टमी, १३:२७ बजेउप्रान्त नवमी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपूर्वाह्नको समय फलदायी रहनेछ। व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि प्रतिफल न्यून मात्र हातलागी हुनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। दिउँसोदेखि यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। तर, वादविवाद गर्ने बानीले अवसर गुम्न सक्छ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले उत्साह जगाउनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiअध्ययनमा समय दिन नसकिएला। समयको मागलाई ध्यान दिन नसक्दा पनि पछि परिनेछ। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्यमा भने मौसमी समस्याले सताउन सक्छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। दिउँसोदेखि परिस्थिति अलि असहज बन्न सक्छ। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। पहिले दिएको वचनले समस्या निम्त्याउन सक्छ। आफन्त एवं साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ। वादविवादबाट टाढा रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्गे लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो रहनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रियजनसँगको भेटघाटले बिहानी रमाइलो रहनेछ। केही खर्च लागे पनि विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मध्याह्नदेखि परिस्थिति केही असहज बन्न सक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। तापनि मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। लगानी बढाउनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। हिम्मतले काम लिँदा दीर्घकालीन अवसर प्राप्त हुनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusधेरै फाइदा उठाउन नसकिए पनि मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। दिउँसोदेखि काममा बाधा र फजुल खर्चको सम्भावना देखिन्छ। र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। खर्च लागे पनि मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornप्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साझेदारी र सट्टापट्टामा पनि मनग्गे लाभ हुनेछ। दिउँसोदेखि आम्दानी बढ्नाले मन प्रसन्न रहनेछ। दिगो तथा पछि फाइदा हुने काम प्रारम्भ गर्ने मौका छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसुरुमा प्रतीक्षित नतिजा कमजोर देखिनाले थोरै फाइदा हुनेछ। अरूका लागि समय खर्चनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। धेरैले साथ दिनेछन् भने जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesस्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि केही सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। भविष्यमा फाइदा हुने काम प्रारम्भ हुनेछ।
Read More »

Sunday, February 4, 2018

वि.सं. २०७४ साल माघ २२ गते सोमबारको राशिफल पढ्नुहोस् अनि श्येर गर्नुहोस् ...

Share This Post:



वि.सं. २०७४ साल माघ २२ गते। सोमबार। इश्वी सन् २०१८ फेब्रुवरी ५ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– पञ्चमी, १२:२५ बजेउप्रान्त षष्ठी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला। अनावश्यक साइनो गाँस्नेहरूसँग पनि सावधान रहनुपर्ला। आमाको माध्यमबाट भने केही काम बनाउन सकिनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoबोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अनावश्यक खर्च बढ्ने र काममा पछि परिने समय छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआँटले काम बन्न सक्छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आए पनि सहयोगीहरू पछि हट्न सक्छन्। बिछोडिएका आफन्तसँग भेटघाट भए पनि आगन्तुकले अलमल्याउने हुँदा काम पूरा नहुन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूको साथ पनि जुट्नेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornश्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। अस्वस्थताले काममा जुट्न नसकिएला। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसमस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका काममा समय खर्चनुपर्ला। समस्या दर्साउँदा सहयोगी भने फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesघुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ।
Read More »

Friday, February 2, 2018

नर्सहरुले आफ्नो.. लाई वशमा राख्नु पर्छ .....

Share This Post:

नर्सहरुले आफ्नो.. लाई वशमा राख्नुपर्छ .....

नर्सिङ पेसा र सेवा पर्यायवाची शब्द हुन्। मानव जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुनाले यो पेसालाई निकै संवेदनशील पेसाका रुपमा लिइन्छ। विगतमा नर्सिङ पेसालाई दुखीको पेसाका रुपमा हेरिन्थ्यो, त्यसपछि बिस्तारै डाक्टरलाई सहयोग गर्ने महिला भनेर चिनिन थालियो। त्यतिबेलाको परिवेश त्यस्तै थियो। समयसँगै नर्सिङ पेसाले पनि फड्को मार्दै आएको छ। अहिले नयाँ शिक्षा, सीप र व्यावहारिक ज्ञानले नर्सिङ पेसालाई छुट्टै उचाइ र पहिचान दिएको छ।
नर्सिङ पेसा अहिलेको चिकित्सा सेवाको एउटा अभिन्न अंग हो। आमनागरिकसँग नर्सहरुको सिधा सम्बन्ध हुने भएकाले स्वास्थ्य सेवामा नर्सको प्रत्यक्ष योगदान हुन्छ। नर्सहरुले बिरामीको सेवासँगसँगै समाजमा आफ्नो स्वास्थ्यप्रति सचेत गराउने काम पनि गर्छन्। विश्वमा जसरी नेपालमा पनि नर्स र नर्सिङ पेसाले आफ्नै विशिष्ट स्थान बनाउन सफल भएको छ। नेपालमा पनि नर्सिङ जनशक्ति हस्पिटलसँगै समाज र स्वस्थ्यका हरेक क्षेत्रमा फैलिएको छ।
नर्सहरुले आफ्नो क्षमता, दक्षता, सीप, व्यावहारिक ज्ञान प्रयोग गरेर मानवीय पीडा कम गर्ने काम गरिरहेका छन्। समयसँगै हरेक कुराको परिवर्तन हुनु एउटा चक्र नै हो। समय आनुसार हरेक कुरा परिवर्तन भएजस्तै नर्सिङ पेसामा पनि धेरै परिवर्तन आएका छन्।
बिरामी अवस्था जीवनको एउटा कठिन समय हो। जसमा बिरामीको परिवार र बिरामीलाई निकै साथ र सहयोगको खाँचो हुन्छ। भनिन्छ नि बिरामी र बिरामीको परिवारसँग मिठो बोलिदिँदा पनि आधा रोग त्यसै निको हुन्छ। त्यस कारण नर्सहरुले आफ्नो बोली र वचनलाई बसमा राख्नुपर्छ। आफू र आफ्नो पेसाप्रतिको सम्मानको ख्याल गर्नुपर्छ।
नर्सिङ पेसामा आएको परिवर्तनसँगै व्यवहारमा पनि परिवर्तनको अपेक्षा नागरिकस्तरबाट हुनु सामान्य हो। सेवाका बाबजुद पनि अहिले नर्सहरुलाई बारम्बार लाग्ने आरोप भनेकै, ‘बोलीचाली राम्रो नहुने, झर्कीफर्की गर्ने’ भन्ने हो। यो केही हदसम्म सत्य पनि छ। नर्सको बोली, व्यवहार बिरामीमैत्री हुनुपर्छ। सेवा गर्छु भनेर यो पेसा अँगागिसकेपछि यसका न्यूनमत मान्यताहरु कहिल्यै भुल्नु हुँदैन। त्यही न्यूनतम मान्यताभित्र पर्छ नर्सको बोलीचाली र व्यवहार।


नर्सहरु जिम्मेवार, मिलनसार र मिहिनेती हुनुपर्छ भन्दै गर्दा नर्सहरुलाई निर्देश गर्ने नियम–कानुन कस्ता छन्? योग्याता अनुसार पारिश्रमिक छ कि छैन? कतै शोषण पो भइरहेको छ कि? अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड कस्ता छन्? भन्ने प्रश्नहरुमा पनि घोत्लिनुपर्छ। ‘भोल्युन्टर’का नाममा नर्सहरुमाथि हुने आर्थिक शोषण अझै पनि कतिपय ठाउँमा देख्न सकिन्छ। यस्ता विकृति हटाउनतर्फ सरकार सचेत भइदिए हुन्थ्यो भन्ने नर्सहरुको चाहना हो।
बिरामीको अनुपातमा नर्सलाई नियुक्ति दिइनुपर्छ र थप अध्ययनको बाटो खोलिदिनुपर्छ। आस्पतालमा नर्सहरु अनिवार्य भए पनि उनीहरुको संख्या र गुणस्तरमा सरकारले त्यति ध्यान दिन सकेको छैन। नर्सिङ पढेर देशमै सेवा गर्छु भन्नेहरु भन्दा विदेश जान्छु भन्नेहरुको जमात ठूलो हुँदै गइरहेको छ। नर्सहरुले विदेशको विकल्प रोज्नु भनेको देशभित्र प्रचूर सम्भावना र अवसर नभेटेरै हो भन्दा फरक पर्दैन। योग्यता र क्षमताको कदर भए कोही पनि विदेशी भूमिमा गएर गुमनाम जिन्दगी बाँच्न चाहँदैन सायद।
नर्सहरुले दिनरात नभनी ड्युटीमा खटिनुपर्छ। यो पेसा अँगालेपछि व्यक्तिगत जीवनभन्दा पहिला ड्युटी आउँछ। तथापि, कतिपय अवस्थामा अपमानित र दुर्व्यवहारको सिकार हुनुपरेको छ नर्सहरुले। अरुको सेवा गर्दागर्दै थला परेका नर्सका कथा प्रसस्त छन्। बिरामीको सेवा गर्दागर्दै पेटको क्यान्सर भएकी नर्सको व्यथा स्वास्थ्यखबरकै अनलाइनमा प्रकाशन भएको थियो। त्यस्ता घटनाले भतभती मन पोल्छ। आफ्नो दुःख व्यथा नभनी बिरामीको अगाडि मुसुक्क हाँस्दै सेवामा उभिने नर्सहरुको सुरक्षाका लागि सरकारले बोल्नै पर्छ, हेर्नै पर्छ।
नर्सहरुले पनि आफ्ना हकहितका लागि एकजुट हुनुपर्ने बेला आइसकेको छ। सरकारले केही गरिदेला भनेर मुख ताक्दाताक्दै नर्सहरुले दशकौँ बिताइसकेका छन्। खासगरी, योग्यताअनुसारको स्थान, श्रम अनुसारको पारिश्रमिक, नियमित दक्षता अभिवृद्धि र सुरक्षित वातवरणका लागि नर्सहरुले एकजुट भएर आवाज उठाउनुपर्छ।
प्रविज्ञा घिमिरे, नर्स
Read More »