Saturday, March 31, 2018
Wednesday, February 7, 2018
आज मिति २०७४ साल माघ २५ गते बिहिबारको राशिफल पढ्न र श्येर गर्न नभुल्नु होला है ...
Share This Post:
वि.सं. २०७४ साल माघ २५ गते। बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी ८ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– अष्टमी, १३:२७ बजेउप्रान्त नवमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपूर्वाह्नको समय फलदायी रहनेछ। व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि प्रतिफल न्यून मात्र हातलागी हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। दिउँसोदेखि यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। तर, वादविवाद गर्ने बानीले अवसर गुम्न सक्छ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले उत्साह जगाउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiअध्ययनमा समय दिन नसकिएला। समयको मागलाई ध्यान दिन नसक्दा पनि पछि परिनेछ। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्यमा भने मौसमी समस्याले सताउन सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। दिउँसोदेखि परिस्थिति अलि असहज बन्न सक्छ। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। पहिले दिएको वचनले समस्या निम्त्याउन सक्छ। आफन्त एवं साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ। वादविवादबाट टाढा रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्गे लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो रहनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रियजनसँगको भेटघाटले बिहानी रमाइलो रहनेछ। केही खर्च लागे पनि विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मध्याह्नदेखि परिस्थिति केही असहज बन्न सक्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। तापनि मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। लगानी बढाउनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। हिम्मतले काम लिँदा दीर्घकालीन अवसर प्राप्त हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusधेरै फाइदा उठाउन नसकिए पनि मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। दिउँसोदेखि काममा बाधा र फजुल खर्चको सम्भावना देखिन्छ। र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। खर्च लागे पनि मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornप्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साझेदारी र सट्टापट्टामा पनि मनग्गे लाभ हुनेछ। दिउँसोदेखि आम्दानी बढ्नाले मन प्रसन्न रहनेछ। दिगो तथा पछि फाइदा हुने काम प्रारम्भ गर्ने मौका छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसुरुमा प्रतीक्षित नतिजा कमजोर देखिनाले थोरै फाइदा हुनेछ। अरूका लागि समय खर्चनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। धेरैले साथ दिनेछन् भने जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesस्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि केही सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। भविष्यमा फाइदा हुने काम प्रारम्भ हुनेछ।
Sunday, February 4, 2018
वि.सं. २०७४ साल माघ २२ गते सोमबारको राशिफल पढ्नुहोस् अनि श्येर गर्नुहोस् ...
Share This Post:
वि.सं. २०७४ साल माघ २२ गते। सोमबार। इश्वी सन् २०१८ फेब्रुवरी ५ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– पञ्चमी, १२:२५ बजेउप्रान्त षष्ठी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला। अनावश्यक साइनो गाँस्नेहरूसँग पनि सावधान रहनुपर्ला। आमाको माध्यमबाट भने केही काम बनाउन सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoबोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अनावश्यक खर्च बढ्ने र काममा पछि परिने समय छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआँटले काम बन्न सक्छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आए पनि सहयोगीहरू पछि हट्न सक्छन्। बिछोडिएका आफन्तसँग भेटघाट भए पनि आगन्तुकले अलमल्याउने हुँदा काम पूरा नहुन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूको साथ पनि जुट्नेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornश्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। अस्वस्थताले काममा जुट्न नसकिएला। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसमस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका काममा समय खर्चनुपर्ला। समस्या दर्साउँदा सहयोगी भने फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesघुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ।
Friday, February 2, 2018
नर्सहरुले आफ्नो.. लाई वशमा राख्नु पर्छ .....
Share This Post:
नर्सहरुले आफ्नो.. लाई वशमा राख्नुपर्छ .....
नर्सिङ पेसा र सेवा पर्यायवाची शब्द हुन्। मानव जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुनाले यो पेसालाई निकै संवेदनशील पेसाका रुपमा लिइन्छ। विगतमा नर्सिङ पेसालाई दुखीको पेसाका रुपमा हेरिन्थ्यो, त्यसपछि बिस्तारै डाक्टरलाई सहयोग गर्ने महिला भनेर चिनिन थालियो। त्यतिबेलाको परिवेश त्यस्तै थियो। समयसँगै नर्सिङ पेसाले पनि फड्को मार्दै आएको छ। अहिले नयाँ शिक्षा, सीप र व्यावहारिक ज्ञानले नर्सिङ पेसालाई छुट्टै उचाइ र पहिचान दिएको छ।
नर्सिङ पेसा अहिलेको चिकित्सा सेवाको एउटा अभिन्न अंग हो। आमनागरिकसँग नर्सहरुको सिधा सम्बन्ध हुने भएकाले स्वास्थ्य सेवामा नर्सको प्रत्यक्ष योगदान हुन्छ। नर्सहरुले बिरामीको सेवासँगसँगै समाजमा आफ्नो स्वास्थ्यप्रति सचेत गराउने काम पनि गर्छन्। विश्वमा जसरी नेपालमा पनि नर्स र नर्सिङ पेसाले आफ्नै विशिष्ट स्थान बनाउन सफल भएको छ। नेपालमा पनि नर्सिङ जनशक्ति हस्पिटलसँगै समाज र स्वस्थ्यका हरेक क्षेत्रमा फैलिएको छ।
नर्सहरुले आफ्नो क्षमता, दक्षता, सीप, व्यावहारिक ज्ञान प्रयोग गरेर मानवीय पीडा कम गर्ने काम गरिरहेका छन्। समयसँगै हरेक कुराको परिवर्तन हुनु एउटा चक्र नै हो। समय आनुसार हरेक कुरा परिवर्तन भएजस्तै नर्सिङ पेसामा पनि धेरै परिवर्तन आएका छन्।
बिरामी अवस्था जीवनको एउटा कठिन समय हो। जसमा बिरामीको परिवार र बिरामीलाई निकै साथ र सहयोगको खाँचो हुन्छ। भनिन्छ नि बिरामी र बिरामीको परिवारसँग मिठो बोलिदिँदा पनि आधा रोग त्यसै निको हुन्छ। त्यस कारण नर्सहरुले आफ्नो बोली र वचनलाई बसमा राख्नुपर्छ। आफू र आफ्नो पेसाप्रतिको सम्मानको ख्याल गर्नुपर्छ।
नर्सिङ पेसामा आएको परिवर्तनसँगै व्यवहारमा पनि परिवर्तनको अपेक्षा नागरिकस्तरबाट हुनु सामान्य हो। सेवाका बाबजुद पनि अहिले नर्सहरुलाई बारम्बार लाग्ने आरोप भनेकै, ‘बोलीचाली राम्रो नहुने, झर्कीफर्की गर्ने’ भन्ने हो। यो केही हदसम्म सत्य पनि छ। नर्सको बोली, व्यवहार बिरामीमैत्री हुनुपर्छ। सेवा गर्छु भनेर यो पेसा अँगागिसकेपछि यसका न्यूनमत मान्यताहरु कहिल्यै भुल्नु हुँदैन। त्यही न्यूनतम मान्यताभित्र पर्छ नर्सको बोलीचाली र व्यवहार।
नर्सहरु जिम्मेवार, मिलनसार र मिहिनेती हुनुपर्छ भन्दै गर्दा नर्सहरुलाई निर्देश गर्ने नियम–कानुन कस्ता छन्? योग्याता अनुसार पारिश्रमिक छ कि छैन? कतै शोषण पो भइरहेको छ कि? अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड कस्ता छन्? भन्ने प्रश्नहरुमा पनि घोत्लिनुपर्छ। ‘भोल्युन्टर’का नाममा नर्सहरुमाथि हुने आर्थिक शोषण अझै पनि कतिपय ठाउँमा देख्न सकिन्छ। यस्ता विकृति हटाउनतर्फ सरकार सचेत भइदिए हुन्थ्यो भन्ने नर्सहरुको चाहना हो।
बिरामीको अनुपातमा नर्सलाई नियुक्ति दिइनुपर्छ र थप अध्ययनको बाटो खोलिदिनुपर्छ। आस्पतालमा नर्सहरु अनिवार्य भए पनि उनीहरुको संख्या र गुणस्तरमा सरकारले त्यति ध्यान दिन सकेको छैन। नर्सिङ पढेर देशमै सेवा गर्छु भन्नेहरु भन्दा विदेश जान्छु भन्नेहरुको जमात ठूलो हुँदै गइरहेको छ। नर्सहरुले विदेशको विकल्प रोज्नु भनेको देशभित्र प्रचूर सम्भावना र अवसर नभेटेरै हो भन्दा फरक पर्दैन। योग्यता र क्षमताको कदर भए कोही पनि विदेशी भूमिमा गएर गुमनाम जिन्दगी बाँच्न चाहँदैन सायद।
नर्सहरुले दिनरात नभनी ड्युटीमा खटिनुपर्छ। यो पेसा अँगालेपछि व्यक्तिगत जीवनभन्दा पहिला ड्युटी आउँछ। तथापि, कतिपय अवस्थामा अपमानित र दुर्व्यवहारको सिकार हुनुपरेको छ नर्सहरुले। अरुको सेवा गर्दागर्दै थला परेका नर्सका कथा प्रसस्त छन्। बिरामीको सेवा गर्दागर्दै पेटको क्यान्सर भएकी नर्सको व्यथा स्वास्थ्यखबरकै अनलाइनमा प्रकाशन भएको थियो। त्यस्ता घटनाले भतभती मन पोल्छ। आफ्नो दुःख व्यथा नभनी बिरामीको अगाडि मुसुक्क हाँस्दै सेवामा उभिने नर्सहरुको सुरक्षाका लागि सरकारले बोल्नै पर्छ, हेर्नै पर्छ।
नर्सहरुले पनि आफ्ना हकहितका लागि एकजुट हुनुपर्ने बेला आइसकेको छ। सरकारले केही गरिदेला भनेर मुख ताक्दाताक्दै नर्सहरुले दशकौँ बिताइसकेका छन्। खासगरी, योग्यताअनुसारको स्थान, श्रम अनुसारको पारिश्रमिक, नियमित दक्षता अभिवृद्धि र सुरक्षित वातवरणका लागि नर्सहरुले एकजुट भएर आवाज उठाउनुपर्छ।
प्रविज्ञा घिमिरे, नर्स
Read More »

Thursday, January 25, 2018
वि.सं. २०७४ साल माघ १३ गते शनिबारको राशिफल, पढ्न र शेयर गर्न नभुल्नु होला ...
Share This Post:
वि.सं. २०७४ साल माघ १३ गते। शनिबार। इश्वी सन् २०१८ जनवरी २७ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– दशमी, ६:५८ बजेदेखि एकादशी, २८:४९ बजेउप्रान्त द्वादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusनयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। बलजफ्तीले पनि बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। प्रतिस्पर्धा गर्नेहरूले समेत काममा साथ दिनेछन्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता पछि परिनेछ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoतारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायले यात्रा गराउन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusस्वास्थ्य कमजोर बन्नाले चिताएको काम रोकिन सक्छ। गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। शत्रुहरूको चलखेल भने बढ्न सक्छ, सजग रहनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusहिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। तर शुभचिन्तकहरूको साथ जुट्नाले काम चिताएका बनाउन सकिनेछ। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्तत: आफैंलाई फाइदा हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
Friday, January 19, 2018
सालीलाई बलात्कार गरेको आरोपमा भिनाजु पक्राउ , भिडियो सहित
Share This Post:
सालीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाइ पक्राउ गरेको छ ।
ललितपुरको चापागाँउ घर भएका २४ वर्षीय राजु नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोठामा कोही नभएको मौका छोपी सोमबार नगरकोटीले धादिङ घर भई काठमाडौं १६
माछापोखरी डेरा गरी बस्ने १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको पिडित पक्षले
गरेको उजुरीमा उल्लेख गरिएको छ । उक्त उजुरीको आधारमा प्रहरीले युवकलाई पक्राउ गरेका हुन् ।
वि.सं. २०७४ साल माघ ६ गते शनिबारको राशिफल, शेयर गर्न नभुल्नु होला
Share This Post:
वि.सं. २०७४ साल माघ ६ गते। शनिबार। इश्वी सन् २०१८ जनवरी २० तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– तृतीया, १२:०६ बजेउप्रान्त चतुर्थी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तर, प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। लाभको अवसर मिले पनि फाइदा जति अरूलाई सुम्पनुपर्ने हुन सक्छ। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। धनमाल सुरक्षामा ध्यान पुर्याउनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusराम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपरिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसमस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकाममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoरोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुने समय छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअस्वस्थताले केही कमजोर भएको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। वैधानिक प्रावधानले केही समस्या देखाए पनि शुभचिन्तकहरूको सहयोग लाभदायी बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। व्यस्तताले अध्ययनमा बाधा पुर्याए पनि बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusप्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusरमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesभैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
Saturday, January 13, 2018
वि.सं. २०७४ साल माघ ५ गते शुक्रबारको राशिफल, शेयर गर्न नभुल्नु होला
Share This Post:
वि.सं. २०७४ साल माघ ५ गते। शुक्रबार। इश्वी सन् २०१८ जनवरी १९ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वितीया, १०:५६ बजेउप्रान्त तृतीया।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। फाइदाका लागि पुरुषार्थी कदम अघि बढाउनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनुका साथै दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सफल भइनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसहयोगीहरूले त्यति साथ नदिए पनि भाग्यले केही अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। समाजसेवा गर्दै प्रतिष्ठा कमाउने बेला छ। मध्याह्नदेखि प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्नेछ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा पुरुषार्थी काम गर्न सकिनेछ। कीर्तिमानी हात पार्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकाम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौती निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अरूको काममा जुट्नुपरे पनि पछिलाई फाइदै हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सफल भइनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerकाममा जुट्दा विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। परिवारजनको साथले उत्साह जगाउनेछ। दिउँसोदेखि सानोतिनो समस्याले अल्झाउन सक्छ। स्वास्थ्य प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तापनि, बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। हिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoधेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झाउन सफल भइनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा भने अलि कमजोरी अनुभूति हुन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनुका साथै काम बन्नाले मनग्गे लाभ हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सहयोगले फाइदा हुनेछ। प्रक्रिया नमिल्नाले मध्याह्नपछि काम दोहोर्याउनुपर्ला। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। कामको अवसर प्राप्त भए पनि स्वास्थ्य-चिन्ताले सताउन सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioकेही अवरोध आए पनि हिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। बलजफ्ती गरेर पनि चिताएको काम बनाउन सकिनेछ। स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले पनि सताउन सक्छन्।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअवसर आए पनि आत्मविश्वासको कमीले पछि परिने सम्भावना छ। तापनि प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। दिउँसोदेखि आयस्रोत बढ्नेछ भने दिगो फाइदा हुने काममा सम्झौता हुन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornरमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन्। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। दिउँसोदेखि आम्दानीका स्रोत बढ्नेछन्। आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसमयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। तापनि, मध्याह्नदेखि बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। सोचेको नतिजा प्राप्त हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। तर सुनिश्चित काम रोकिनाले अलमल बढ्न सक्छ। आयस्रोत सबल देखिए पनि उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। दिउँसोदेखि आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्चनुपर्ला। कर्जाको धन भने प्राप्त हुनेछ। लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। आफन्तजनबाट टाढिनुपर्ला।
Subscribe to:
Posts (Atom)
-
हजुरको दुध यति ठुला किन छन भनेर सोध्दा धेरै दबाएर हो भनिन , हेर्नुहोस भिडियो
-
This summary is not available. Please click here to view the post.
-
चर्चित गायिका ज्योति मगरले कत्रो मन पर्छ भन्दा ठुलो ठुलो छिराउन मन पर्छ भनेपछि , हेर्नुस भिडियो
-
गर्ने भनेकै मासु मासु रगडाउने त हो नि भनेपछि , हेर्नुहोस् भिडियो
-
धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ? योनिको बाहिरी भाग के हो ?महिलामा प्रत्यक्ष रूपमा...
-
मलाइ फ़ोहोर फ़ोहोर कुरा गर्दा धेरै मजा आउछ भनेर भए भर को फ़ोहोर कुरा गरेर इन्टरनेटमा हालेपछि , हेर्नुहोस भिडियो
-
१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको ...
-
म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाह...
-
म २२ वर्षीया विवाहित युवती हुँ । श्रीमान्सँग नियमित रूपमा यौनसम्पर्क हुन्छ । यौनसम्पर्कको अवधि यस्तै ४० मिनेटजतिको हुन्छ । परिवर्तित आसनहरू...
-
घरबाट एक्लै निस्केकी बुहारीलाई पछ्याउने क्रममा झाडीमा छिमेकी युवकसँग यौन सम्पर्क गरिरहेको देखेपछि...हेर्नुहोस ताजा भिडियो रिपोर्ट. भिडियो...