Monday, June 26, 2017

बीच सडकमै एक युवकले महिलाहरुको स्तन समाईदिएपछि... त्यसपछि जे भयो भिडियोमा हेर्नुहोस्

Share This Post:



एजेन्सी - मनोरन्जनका लागि बनाइने "प्रयाङ्क भिडियो" अहिले संसारभर निकै चर्चित रहेको छ । जसमा सामाजिक संदेश दिने देखि बिसुद्ध रमाइलो र हसाउने हेतुले बनाईने थुप्रै भिडियोहरु हामीले युटुबमा देख्न सकिन्छ।
हामि आज तपाइँलाई एउटा यस्तो प्रयाङ्क भिडियो देखाउन जाँदै छौं, जसमा एक पुरुषले बीचसडकमा खुलेयाम महिलाको संबेदनशीलसंग स्तन समाउदै हिडेका छन्। उनले भिडियोमा १०० जना महिलाको स्तन समाएका छन्।
आफै हेर्नुहोस भिडियो :





संसारभर व्यापक रुपमा बनाईने र हेरिने गरेको प्रयाङ्क पहिले युरोप अमेरिका लगायतका देशमा बनाइने गरिन्थेयो। तर अहिले विश्वका सायद सबै देशमा यस्तो भिडियो बनाउने र युटुबमा अपलोड गर्ने प्रचंलन रहेको छ।
Read More »

अमेरिकी विश्वविद्यालयमा पहिलो नेपाली महिला डीन

Share This Post:

अमेरिकाको सान फ्रान्सिस्को विश्वविद्यालयमा हालै डीन नियुक्त एक नेपाली महिला अमेरिकी विश्वविद्यालयमा डीन नियुक्त हुने पहिलो दक्षिण एशियाली महिला हुन् ।

काठमाडौंमा हुर्कंदै गर्दा शबनम कोइराला–आजादलाई शिक्षक बन्छु भन्ने लागेकै थिएन । तर उनको घर र बाहिरको वातावरणले थाहै नदिई उनलाई यो पेशातर्फ धकेल्यो ।

२०४६ सालको जनआन्दोलनका बेला शवनम स्कुलमा पढ्दै थिइन् । लोकतन्त्रको पुनर्स्थापनापछि मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगतिको ठूलो आशा गरिएको थियो । उनी नेपालकै राम्रोमध्येको विद्यालयमा पढिरहेकी भए पनि केही कुरा नपुगे जस्तो लागिरहन्थ्योे ।

“नेपालमा जीवन गज्जब रमाइलो थियो, बाल्यकाल सम्झँदा अहिले पनि रमाइलो लाग्छ, तर हामीले जसरी पढ्यौं त्यो पढाईको तरिकाले बालबालिकामा रचनात्मक क्षमताको विकास गराउँदैन ।” अमेरिकाको सान फ्रान्सिस्को विश्वविद्यालयको स्कुल अफ एजुकेशनमा हालै डीन नियुक्त कोइराला भन्छिन, “यहाँ जसरी पढाइन्थ्यो त्यसले मेरो रचनात्मक आवश्यकताको पूर्ति गर्न सकेन ।” उनी अमेरिकाकोे विश्वविद्यालयमा डीन नियुक्त हुने पहिलो दक्षिण एशियाली महिला हुन् ।


अरु साथीहरु जस्तै ललितपुरस्थित स्कुल र घरमा दैनिक ओहोरदोहोर गरिरहँदा उनलाई आफ्नो बाल्यकाल अरु साथीहरु भन्दा फरक महशुस हुन्थ्यो । उनी द्विसांस्कृतिक परिवारमा हुर्किरहेकी थिइन् । उनका बुवा नेपाली हुन् भने आमा इरानी थिइन् ।

रचनात्मक शिक्षाको तिव्र भोकले गर्दा विद्यालयको पढाई सकिएपछि उच्चशिक्षा लागि विदेश जानुपर्छ भन्नेमा कोइरालालाई कुनै द्विविधा थिएन । उनले म्यासाचुसेट्सको माउन्ट होलियोक कलेजमा छात्रवृत्ति पाइन् । अमेरिकाको महिला कलेजमा उनको ‘लिवरल आर्ट्स’ अध्ययन् शुरु भयो ।

पहिलो दिनकै कक्षामा प्राध्यापकले सोधे, “तिमी के सोच्छ्यौ ?” एउटा सिधा र सामान्य जस्तो लाग्ने प्रश्न भए पनि यसले उनको जीवनमा ठूलो प्रभाव पार्‍यो ।

“मैले के सोच्छु, के महशुस गर्छु वा तथ्यहरुलाई कसरी लिन्छु भन्नेबारे कहिले पनि ध्यान दिएकी थिइन,” कोइराला भन्छिन् । त्यसैबेलादेखि उनले आफूले के पढ्ने, कुन क्षेत्रमा काम गर्ने भन्नेबारे गहिरिएर सोच्न थालिन् ।

शिक्षाप्रतिको यो आवेग उनको रगतमै थियो । उनी आफ्नी आमा पट्टीबाट चौथो पुस्ताकी शिक्षिका हुन् । इरानमा शिक्षिका रहेकी उनकी हजुरआमा बहाई धर्मप्रतिको विश्वासका कारण निकै सताइएकी थिइन् । पढाउनु उनका लागि खतरनाक र विवशता पनि थियो । शवनमका पिता भारतदत्त कोइराला म्यागसेसे पुरस्कार प्राप्त पत्रकार र मिडिया शिक्षक हुन् ।

“शिक्षाका बारेमा मलाई के लाग्छ भने, सबैका लागि एकै खालको मास एजुकेशन भन्दा निश्चित समूहका लागि निश्चित प्रकारको शिक्षा आवश्यक हुन्छ । समाजमा पछि परेकाहरुलाई विशेष ध्यान दिनुपर्छ,” कोइराला भन्छिन्, “ठिक तरिकाले शिक्षा दिइयो भने यसले मानिसलाई सशक्त बनाउँछ ।”

नेपालमा छँदा कोइरालाले विकासशिल देशमा वैदेशिक सहयोगको प्रभावारे बुझ्ने अवसर पाइन्, अनुगमनको कमी र भ्रष्टाचारबारे उनले बुझिन् । शिक्षा र सामाजिक परिवर्तन कसरी अगाडि बढ्छन् भन्नेमा उनको उत्सुकता झन् बढ्यो । यो उत्सुकतासँगै उनले युनिभर्सिटी अफ क्यालिफोर्निया एट बर्कलेबाट स्नातकोत्तर र विद्यावारिधी गरिन् ।

अहिले डिनको नियुक्ति लिइसकेकी कोइराला आफूभित्रको नेपालीपन जोगाएर निष्ठापूर्वक अगाडि बढ्न चाहन्छिन् । त्यो भनेको उनका लागि धैर्य, करुणा, आतिथ्य, समझदारी र आत्मसम्मानको बलियो भावना हो ।
Read More »

Friday, June 23, 2017

नया तथ्य अनुसार श्रीमान श्रीमतीबीच हप्तामा एक पटक झगडा हुनु आवश्यक छ

Share This Post:

सफल तथा प्रेमपूर्ण दाम्पत्य जिवनका लागि हप्तामा एक पटक श्रीमान श्रीमतीबीच झगडा हुनु आवश्यक रहेको पछिल्लो अध्ययनले देखाएको छ ।
भारतमा गरिएको सर्भेक्षण अनुसार सयमा ४४ दम्पतीले आफुहरुको सुखी तथा खुसी वैवाहिक जिवनको राज हप्ताको एक दिन हुने झगडा भएको खुलासा गरे ।
सर्भेक्षणले हप्तामा एक पटक हुने श्रीमान श्रीमतीबीचको झगडाले दम्पतीबीचको संचारलाई प्रभावकारी बनाउन सहयोग पूराउने र त्यसको प्रभाव दिगो वैवाहिक सम्बन्धमा रहने देखाएको छ ।
‘यस्ता झगडाले श्रीमान श्रीमतीलाई झन नजिक बनाउँछ र आपसमा रहेका भ्रम मेट्न समेत सहयोग पूराउँछ’, अध्ययनमा भनिएको छ सम्बन्ध दहि्रलो बनाउन लोग्ने स्वास्नीबीच सन्तुलित झगडा आवश्यक हुन्छ ।

झगडाले दम्पतीलाई एक अर्काप्रति सम्वेदनशील हुन तथा मनको कुरा बुझ्न सहयोग गर्ने अध्ययनकर्ताको दाबी छ ।
अध्ययनले भारतमा मुम्बइ र दिल्लीका दम्पतीहरु कम झगडालु दम्पती रहेको र ३२।३३ प्रतिशत दम्पती एक महिनामा बढिमा एक पटक मात्र झगडा गर्ने गरेको देखाएको छ ।
अध्ययनले उमेर बढ्दै जाँदा लोग्नेस्वास्नीबीचको झगडाको दर पनि घट्दै जाने देखाएको छ । २० देखि २५ वर्ष उमेर समूहका लोग्ने स्वास्नीबीच सबैभन्दा बढि झगडा हुने गरेको पनि देखिएको छ ।
Read More »

Monday, June 19, 2017

४ पटक मैले लुकिछिपि गर्भपतन गरीसकेकी छु,अब गर्भपतन गर्दिन ! कृपया श्ययर गरिदिनुहोला ता की अरुले पनि पढ्न पाउन

Share This Post:

बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी रहिछौ । हर्षले मन थाम्न सकिन । आँखाबाट हर्षका आँशु बगे । गुल्मीको दुर्गम गाउँमा हामीले सँगै बिताएका बाल अनुभवहरु एकाएक गर्दै आँखा वरिपरी घुम्न थाले । भर्खर भर्खर बल्लबल्ल छोरीलाई स्कुल पठाउन थालेका अभिभावकका छोरीहरु हामी अलिकती डर, धेरै उत्साह र मनभरी हिम्मत बोकेर स्कुल जाने गथ्र्यौँ । छोरीले असल बुहारी हुनका लगि गर्नुपर्ने सम्पूर्ण दैनिक अभ्यासहरु समय मिलाएर सिक्ने गर्दथ्यौ । स्कुलका गृहकार्य जस्तै महत्वपूर्ण थिए हाम्रा लागि । दैलो कुँचो, टपरी गास्ने, बत्ती काट्ने जस्ता सिपहरु सिक्न । तिम्रो प्रशासनिक काममा तिनको प्रयोग कत्तिकोे भएको छ म जान्दिन तर मेरो दैनिकी तिनैको वरीपरी बितेका छ ।

एसएलसी सम्मको पढाई कक्षामा पहिलो दोस्रो भएर तिमीले र मैले सगै ग-यौँ । नजिक कलेज नभएकाले उच्च शिक्षा अध्ययनको लागि दाजु बिनयसँगै तिमी राजधानी गयौँ भने मेरो १६ वर्षमै विवाह भयो । अचेल सुन्दै छु त्यो त बाल विवाह पो रहेछ । बुबाको रोजाइँमा घरका अन्य पुँजा जस्तै गरेर गरिएको विवाहको विषयमा मलाई धेरै थाहा नै थिएन । विवाह र जीवनसाथीको महत्व बल्ल पो बुझदै छुँ । विवाह पश्चात असल बुहारी हुने अभ्यासमा मेरा दैनिकीहरु यति व्यस्त भएकी तिम्रो र सिंगो समाजको विषयमा सोँच्ने मलाई फूर्सदै मिलेन । हाम्रो भेट नभएको पनि वर्षौ भएछ । हिजो फेसबुकका भित्ताहरुमा भाइरल बनेको तिम्रो फोटो छोरी अपेक्षाले देखाउँदा पो म दंग परे । तिमी त उस्तै पो रहिछौ । तर मलाई चिन्न तिमिलाई पक्कै गाह्रो पर्नेछ । १७ वर्षमा पहिलो पटक म छोरीको आमा बने । त्यसपछि त मेरो दिनचर्या असल आमा, असल पत्नी र असल बुहारी हुँदैमा व्यस्त भयो । म र मेरो नीजि जीवन भन्ने नै मैले बिर्सिए । अझ लगातार ३ वटी छोरीको आमा बन्दा त म भर्खर ३५ वर्ष पुग्दा पनि बुढ्यौलीको अनुभव गर्न थालेकी छु । तीनैवटी छोरीकी आमा भइसक्दा पनि एउटा छोरा जन्माउने इच्छा राखेर तडपिरहेकी छुँ । आफनो शरीरलाई छियाछिया पारीसकेकी छु । एक छोरा जसले भविश्यमा मेरो कुलको इज्जत राखोस् भन्ने चाहना मनमा अझै अँधरै छ । त्यसैले त मैले मंगलबारको ब्रत पनि राखेकी छु । जुन ब्रत गर्दा छोरा नै जन्मिन्छ भन्ने विश्वास मेरो मनभित्र ज्यूँदैछ । के गरु म बाध्य छु । एउटा कुल धान्ने छोरा नजन्माउने हो भने मेरो वंश नास हुने भो भनेर श्रीमानको ‘कचकच’ सुन्दा म दिक्क छु । छोरी जन्माउनेको सन्तान भनेर दिनहुँजसो झगडा गर्ने सासुको वचन सुन्न बाध्य छु । टोल छरछिमेकको कानेखुशी सुन्दा र देउरानी जेठानीहरुले छोराको ‘धाकधक्कु’ लगाउँदा मेरो मन पनि यति दुखेको छैन । दुखेको मनमा मलमपट्टी लगाउने ठाउँ कतै भेटेकी छैन । तीनवटी छोरीकी आमा हुँदा र लगातारको गर्भपतनले गर्दा म पँचास वर्ष नाघेकी महिलाहरु भन्दा पनि बुढि देखिन्छु । छोरी जन्माउने बुहारीले मिठोचोखो खाँन हुँदैन भनेर सुत्केरीमा पनि मैले मीठो खाने र आराम गर्ने प्रशस्त अवसर पाएकी हैन् । त्यसैले होला आजभोली म अनेक स्वास्थ्य समस्याबाट पीडित छुँ । छाला चाउँरी परिसकेको छ । बिहान चार बजेदेखि साँझ दशबजेसम्म सजिलैसँग श्वास फेर्ने समेत फुर्सद छैन मलाई । यही बेफुर्सदीले मलाई समाजको परिवर्तनलाई जान्ने र बुझने अवसर पो कहाँ मिलेको छ र ? घरको काम सकेर फुर्सद पो कहिले छ र ? देश दुनियाँको यात्रा मेरो गोरखपुरसम्म मात्र सिमित छ । त्यही पनि हरेकपटक आस बोकेर जान्छु , पिडा र निराश बोकेर फर्कन्छु । प्रत्येक पटकको यात्रामा मेरो मुटुको गति बढेको हुन्छ । कानहरु लालायीत हुन्छन् शुभ समाचार सुन्नलाई । तर म विवश छु मेरो कमजोरी स्विकार्न ।

मेरो गिर्दो स्वास्थ्य देखेर डाक्टरहरु भन्ने गर्छन, धेरै पटक गर्भपतन स्वास्थ्यका लागि हानिकारका हुन्छ भनेर । तर मलाई त्यसको कुनै प्रवाह छैन किनकी मलाई वंश धान्ने छोरा जन्माउनु नै छ । ती–तीनवटी छोरीमाथी सौँता बेर्होनु पनि कम पिडादायक क्षण होला त मेरा लागि ? म आफैसँग प्रश्न गर्नेगर्छु । उत्तरमा मेरो मन अत्तालिन्छ र भन्ने गर्छ सौँताको जिन्दगीभरको पीडा खेप्नुभन्दा केहि क्षणको शारीरिक पीडा खेपेर भएपनि छोरा जन्माउनु नै ठीक छ । त्यसैले म हारेकी छैन । हार्नु त हुँदै भएननी । माइतमा बाबु आमाको इज्जतको सवाल पनि छ । फलानाको नाति छैन भनेर गाँउलेहरुले गफ गर्दा मेरा माइती गाँउमा पनि इज्जत जाने भयो । के गरु म दोधारमा छु । बाबु आमा, सासुससुरा, श्रीमान र आफन्तहरुको दबाबले मलाई पनि छोरा भनेको त ‘कुल धान्ने व्यक्ति हो’ भन्ने अनुभूति गराएको हो वा ती सबैको खुसीका लागि मेरो स्वास्थ्य बिगारेर केवल छोरा जन्माउने कोशिस गर्दैछु ।

छोराकी आमा हुन नसकेकाले घर माइत जताकतैबाट आउने दवाव झेल्न नसकेर अँचेल म मानसिक रोगी बन्दै गएकी छु । श्रीमान् सासुससुराको कचकचले म भित्रको आत्मविश्वास बिस्तारै घटदै गएको छ । तिमिलाई के थाहा वंश धान्ने छोराको आसमा ४ पटक त मैले लुकिछिपि गर्भपतन गरीसकेकी छु । म ठुलो आशा बोकेर डक्टर कहा पुग्छु तर प्रत्येक पटक निराश छु मेरो गर्भको भु्रण छोरी हुँदा । हुनत गर्भपतन मेरो रुचिको विषय कहाँ हो र ? प्रकृतिको कस्तो अनुपम उपहार । गर्भको बच्चासँग कति छिटो आमाको सामिप्यता जोडिएको हो । प्रत्येक पटक गर्भपतन गर्नुपर्दा एकपटक मृत्युको अनुभुति गर्नुपर्ने मानसिक रुपमा । सायद सबै आमाहरुलाई त्यस्तै अनुभुति हुन्छ की वा मलाई मात्रै हो ? आमा हुनुको अनुभव बिल्कुल फरक हुँदोरहेछ । नियम कानुन भन्दा पनि माथिको भिन्न सम्बन्ध हुँदोरहेछ सन्तानसँग । मन पनि कस्तो अचम्मलाग्दो गर्भमा बच्चा आउने बित्तिकै एकै पटक कति धेरै कल्पना मनभित्र आउने । मनलाई तुरुन्त संवेदनशिल बनाउने । यही फरक होला आमा र बाबुको बीचमा । प्रकृतिको बिडम्वना नै भन्नुपर्छ त्यस्तो अनुभुति कहिल्यै बाबु बन्नेले गरेको भेटिन । उनका आँखामा त्यो पीडा कहिल्यै देखिन । उनका आँखामा सँधै एउटा दम्भ र छोराप्रतिको अभिलाषा मात्र देखिरहेँ । जबरजस्त हाँस्न खोज्दा रसाएका मेरा आँखाको भाषा उनले बुझ्नै सकेनन् । यही त फरक होला महिला र पुरुषको भोगाइ, फरक वरदान प्रकृतिको हामी छोरीहरुलाई ।

आजभोली त म रेडियोबाट सुन्ने गरेकी छुँ । छोरा वा छोरी जसलाई जन्माउन पनि महिलाको(मेरो)हात हुँदैन । त्यसपछि त धेरै ढुक्क भएकी छु । छोरीहरुको मात्र आमा हुनुमा मेरो कुनै दोष रहेनछ । यी सबै महिलाहरुलाई दबाउन बनाईएका झुट्ठा विवरण मात्र रहेछन् । गर्भपतनले कानुनी मान्यता पायो भनेर संचारमाध्यममा सुन्दा/पढ्दा म धेरै खुसी भएकी थिए । धेरै आमाहरुले समाजले “नाजायज” नाम दिएको बच्चा बोकेर अव हिड्नुपर्ने भएन भनेर । हरेक सम्बन्धहरुलाई परिभाषा गर्ने जिम्मा आखिर समाजलाई त दिएको छ । सम्बन्धको सामाजिक परिभाषा खोज्दा त महिलाहरु ज्यूँदै जलाईएका छन । बैवाहिक बलत्कार भोगिरहेका छन । आत्महत्या गर्न विवश छन् । महिला र पुरुषको समान सहभागीतामा रहने सम्बन्धहरुमा पनि दोष महिलाको टाउकोमा जाने नियति हामीले भोगेकै त छौँ है ? समाजले सभ्य भनेको तर २१ औँ शताब्दीमा पटक्कै नसुहाउने असभ्य अभ्यास ।
इन्दिरा तिमीलाई थाहा छैन । मत आठौँपटक फेरी गर्भवती भएकी छु । मन डराएको छ । मुटुको धडकन फेरी बढेको छ । विश्वास छ यसपटक मेरो गर्भमा पक्कै छोरा होला भनेर । म पूनः जाँदैछु गोरखपुरसम्मको यात्रामा । मसँग मेरा श्रीमान् पनि निकै उत्साही हुनुहुन्छ छोराको बाबु बन्ने अभिलाशा बोकेर । थाँहा छैन मेरो यात्रा कस्तो हुने हो ?

तर, विडम्वना गोरखपुरमा चेकअपपछि थाहा लाग्यो आठौँपटक पनि मेरो पेटमा छोरी रहेछ । यो सुनेर मेरा श्रीमान् छागाबाट खसेजस्तै भए र मलाई गाली गर्न थाले । छोरा जन्माउन नसक्नेको सन्तानमा परिएछ भनेर । मसँग रिसपोख्न थाले । तर म यसपटक पटक्कै निराश छैन । उहाँको गालीलाई प्रतिवाद गर्ने क्षमता ममा जागेको छ । मेरो मन दरिलो भएको छ। विश्वास बढेको छ । तिमीलाई देखेर तिम्रो सफलता र विश्वासलाई आत्मसात गरेर । मैले सुनेकी छु धेरै महिलाहरु पुरुष सरह अगाडि बढेका छन रे हाम्रो देशमा पनि । तर ती सबै भन्दा भिन्न तरीकाले आफ्नै सर्घषशील यात्राबाट अगाडि बढेकी मेरै उमेरकी तिमीलाई देखेर ममा धेरै हिम्मत पलाएको छ । यसवर्ष सायद् मैले पनि तिमीजस्तै हिम्मत र आत्मविश्वास भएकी छोरी जन्माउने प्रवल इच्छा राखेकी छुँ ।

हाम्रा गाउँघरका थुप्रै नालायक छोराहरु भन्दा योग्य छोरी जसले घरको मात्र होइन देशको वंश थामोस् । त्यही छोरीको सिघ्र प्रतिक्षामा छु । त्यसैले मलाई मेरा श्रीमान, सासु—ससुरा, छरछिमेक कसैको पनि गाली ग्लोजले प्रभाव पारेको छैन । म खुसीसाथ योग्य छोरी जन्माउने तयारीमा छुँ । नालायक छोराको के काम जसले देश र जनताको लागि केहि गर्न सक्दैन । कुलतमा फसेर हिड्छ । बाबु आमाको साहारा बन्नु त कता हो कता बुढेसकालमा पीडा थपिदिन्छ । त्यस्तो नालायक छोरो जन्माउने तयारीमा म छैन । अन्तिम पटक मेरो गर्भवाट योग्य, लायक छोरी जन्माउने विश्वासका साथ तयारीमा जुटेकी छु । जसले म मेरो परिवार र देशको इज्जत थामोस् । महिला सशसक्तिकरणको अभियानमा एउटा इट्टा थप्ने प्रयासको सानो थालनी होस् ।

दैनिक नेपाल डट कम बाट
Read More »

Tuesday, June 13, 2017

श्रीमानलाई सेक्स सन्तुष्टि दिलाउन योनी टाइट पार्ने उपाय ........

Share This Post:

म २५ वर्षीया विवाहित महिला हुँ । मेरो तीन वर्षको बच्चा छ । मेरा श्रीमान् मसँग यौन सम्पर्क गर्दा मजा आउँदैन भन्नुहुन्छ । मेरो योनी टाइट छैन भन्दै झर्किने गर्नुहुन्छ । यसले गर्दा हाम्रो पारिवारिक जीवनमा नै दरार आउलाजस्तो भइसक्यो । यस्तो अवस्थामा म मेरो श्रीमान्लाई कसरी सन्तुष्ट पार्नसक्छु ? योनी टाइट पार्ने केही उपाय भए बताइदिनुभए आभारी हुने थिएँ ।

बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका थुप्रै मानिस छन् । बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ । डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । अधिकांश पुरुषलाई श्रीमतीले बच्चा पाएपछि उसको योनी खुकुलो भयो र सेक्स गर्दा मजा नआएको भ्रम हुन्छ, जसले गर्दा कतिपयको यौन जीवनमा समस्या उत्पन्न हुने गरेको छ । मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ ।
कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुने गरी कसिलो हुने गरेको अनुभव सुनाउँछन् । महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेका कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ । उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन । यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ । तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन् । वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ । अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँै लचकदार हुन्छ ।



प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ । प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ । यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ । यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ ।

समय दिएर प्राक्क्रीडा गरेर योनीमा लिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छ, सम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ । यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै योनी लचकदार हुन्छ । जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन् । यसले पुरुष—महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ । यौन सम्पर्कबाट पुरुष र महिला दुवैलाई उत्तिकै आन्नद प्राप्त गर्न योनी संकुचन होइन लचकदार हुनुपर्छ ।

महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न । कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन् । यो पनि गलत धारणा हो । सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन । योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ । त्यही सानो योनीबाट बच्चा जन्मन्छ । बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ । यो नै योनीको विशेषता हो । केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ । यस्तो अवस्थामा योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ ।

योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन् । यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ ।
केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ । यसलाई सुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पु¥याउनुपर्छ । बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ । यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ । नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ ।

विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन् । अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ । तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो ! यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पु¥याउन सक्छन् । यसबारे सचेत हुनु जरुरी छ ।

नागरिक
Read More »